नेपाली कांगे्रसको सय दिने अभियान वालिङमा समापन

वालिङ, ४ माघ ।
नेपाली कांगे्रसको सय दिने अभियान अन्र्तगत वालिङमा समापन गरिएकोे छ । वालिङ नगरसमितिको आयोजनामा आयोजित सय दिने अभियान कार्यक्रमलाई समापन गर्दै नेपाली कांगे्रस केन्द्रिय उपसभापति तथा पुर्वमन्त्री धनराज गुरुङले आफ्नो बारेमा सहकारी काण्ड जोडेर अफबाह सृजना गरिएको भन्दै सहकारीको एक पैसा पनि नखाएको बताउनुभयोे ।
आँफू भ्रष्ट्राचारको विरुद्धमा उभिँदै आएको भन्दै सहकारीको पैसा खाएको आरोप प्रमाणित भए फाँसी दिन तयार रहेको बताउनुभयो । देशमा शुशासन र समृद्धि कायम गर्नुपर्छ भन्दै भ्रष्ट्राचारको विरुद्धमा आँफूले आवाज उठाउँदै आएको बताउँदै उहाँले सहकारीमा जोडेर आँफूलाई मात्रै बदनाम गर्न खोजिएको बताउनुभयो ।
कार्यक्रममा केन्द्रिय सदस्य टेकप्रसाद गुरुङले आँफूलाई केन्द्रले प्रतिनिधिको रुपमा खटाएको भन्दै यो सय दिने अभियानको विषयमा जानकारी गराउँदै अभियानका क्रममा संकलित गुनासा, समस्याहरु जस्ताको तस्तै केन्द्रमा पु¥याउने बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेशका अर्थ विकास समितिका सभापति भोजराज अर्यालले नेपाली कांगे्रस पार्टी आन्तरिक द्धन्द्धले थिलाथिला परेको भन्दै आन्तरिक द्धन्द्धको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले भन्नुभयो, “पार्टीभित्र धेरै विभागहरु छन् । अब आन्तरिक द्धन्द्ध व्यवस्थापन विभाग पनि थप गर्नुप¥यो ।”
कार्यक्रममा कार्यबहाक जिल्ला सभापति केदार काफ्ले, पुर्व प्रदेश सांसद भागवतप्रकाश मल्ल, जिल्ला समन्वय प्रमुख श्रीप्रसाद जिटि, महाधिवेसन प्रतिनिधि विष्णु पौडेल, क्षेत्रिय सचिव फणिनारायण रेग्मी दिपकलगायतले बोल्नुभएको थियो । कार्यक्रममा ९ जनाले आफ्ना सुझाव तथा गुनासाहरु प्रस्तुत गरेका थिए ।

Google search engine
Google search engine

Leave a Reply

Your email address will not be published. Required fields are marked *